कसलाई फोन गर्ने
आफ्नो WIC क्लिनिकमा फोन गर्नुहोस् यदि:

  • तपाईँसँग WIC खाद्यहरू वा रकमहरूबारे प्रश्नहरू छन् भने।
  • तपाईँलाई लागेको WIC स्वीकृत खाद्य तपाईँले किन्न सक्नुभएन भने।
  • तपाईँको कार्ड हरायो, चोरी भयो वा बिग्रियो भने

1-844-234-4950  मा स्वचालित फोनलाइनमा फोन गर्नुहोस् यदि…

  • तपाईँलाई आफ्नो पिन (पिआइएन) रिसेट गर्नु वा परिवर्तन गर्नुपऱ्यो भने।
सामान्य प्रश्नहरू
यदि मेरो कार्ड हरायो वा चोरी भयो भने मैले के गर्नु पर्छ?

पहिले आफ्नो पिन परिवर्तन गर्नुहोस्, अनि तुरुन्तै आफ्नो स्थानीय WIC कार्यक्रममा फोन गर्नुहोस्। उनीहरूले अरूलाई तपीँको खाद्य लाभहरू प्रयोग गर्नबाट रोक्नेछन् र तपाईँलाई नयाँ कार्ड दिलाउन मद्दत गर्नेछन्।

यदि मेरो कार्डले काम गरेन भने के हुन्छ?

आफ्नो कार्डको पछाडि पट्टि भएको टोल फ्रि नम्बरमा वा आफ्नो स्थानीय WIC कार्यक्रममा फोन गर्नुहोस्।

मैले कहिले मेरा लाभहरू प्राप्त गर्छु?

WIC कार्यालयमा लोड गरिएका खाद्य लाभहरू तुरुन्तै उपलब्ध हुनेछन्। आगामी महिनाहरूका लागि खाद्य लाभहरू तपाईँको eWIC कार्डमा सुरु मितिको मध्यरातमा राखिनेछ र अन्तिम मितिको मध्यरातमा ती लाभ सकिनेछन्।

लाभहरू प्रयोग गरिसकेपछि मैले मेरो कार्ड के गर्नुपर्छ?

आफ्नो eWIC कार्ड जोगाएर राख्नुहोस्! तपाईँका सम्पूर्ण WIC खाद्यहरू खरीद गरिसकेपछि पनि, तपाईँको कार्ड पुन: प्रयोग गर्न सकिन्छ। तपाईँका लाभहरूको आगामी सेट त्यही कार्डबाट खरीद गरिनेछ।

मैले यदि आफ्नो किनमेल आफैँ गर्न सकिनँ र अरूलाई किनमेल गराउनु पऱ्यो  भने के हुन्छ?

यदि तपाईँ चाहनुहुन्छ भने अरू कसैलाई किनमेल गराउन सक्नुहुन्छ। तपाईँले उनीहरूलाई आफ्नो eWIC कार्ड र पिन दिन सक्नुहुन्छ। तर सो व्यक्ति विश्वासपात्र भएको कुरा निश्चित गर्नुहोस्!

यदि सबै WIC खाद्य खरीद गरिएन भने के हुन्छ? के ती लाभहरू अर्को महिनामा सर्छन्?

अहँ, प्रयोग नगरिएका लाभहरू अन्तिम मितिमा सकिन्छन्।

तपाईँको ब्यालेन्स जाँच गर्ने
तपाईँले आफ्नो अकाउन्टको ब्यालेन्स धेरै तरिकाले जाँच्न सक्नुहुन्छ:

  • आफ्नो वर्तमान लाभहरू हेर्नका लागि WICShoppere एपमा “मेरा लाभहरू(My Benefits)” विकल्प प्रयोग गर्नुहोस्।
  • पहिलेको स्टोरको रसीद जाँच गर्नुहोस्
  • किराना स्टोरको क्यासियरलाई भेट्नुहोस् वा आफ्नो ब्यालेन्सको प्रिन्ट आउट लिनका लागि ग्राहक सेवा डेस्कमा जानुहोस्।
  • ब्यालेन्स बुझ्नका लागि आफ्नो eWIC कार्डको पछाडि रहेको टोलफ्रि नम्बरमा फोन गर्नुहोस्।
  • आफ्नो ब्यालेन्स हेर्न र प्रिन्ट गर्नका लागि www.ebtedge.com मा जानुहोस्।
तपाईँको eWIC कार्डबाट किनमेल गर्ने
  • आफूलाई चाहिएको कुरा खरीद गर्नुहोस्। तपाईँले सबै खाद्य एकै पटक खरीद गर्नु पर्दैन!
  • बाहिर निस्कने बेलामा आफ्नो कार्ड तयार राख्नुहोस्।
  • विनिमयको सुरुमै आफ्नो eWIC कार्ड स्वाइप गर्नुहोस्।
  • आफ्नो पिन राख्नुहोस् र किप्याडमा एन्टर बटन थिच्नुहोस्।
  • क्यासियरले तपाईँका खाद्यहरू हेर्नेछन्।
  • स्वीकृत खाद्य वस्तुहरूको रकम र तपाईँले खरीद गरेका फलफूल र सागसब्जीहरूको डलर रकम तपाईँको WIC अकाउन्टबाट घटाइनेछ।
  • क्यासियरले तपाईँलाई एउटा रसीद दिनेछन् जसले बाँकी लाभको ब्यालेन्स र लाभहरू सकिने मिति देखाउनेछ।
  • अन्य कुनै किसिमको भुक्तानीका लागि आफ्नो eWIC कार्ड स्वाइप गर्नुहोस्।
  • बाँकी रहेको कुनै पनि ब्यालेन्स नगद, EBT, SNAP वा भुक्तानीको अन्य रूपबाट भुक्तानी गर्न सकिनेछ
मेरो पिनको बारेमा
पिन (पर्सनल आइडेन्टिफिकेसन नम्बर) के हो?

पिन चार अङ्कको गोप्य सङ्ख्या हो, जसले कार्डसँग, तपाईँलाई WIC लाभहरूमा पहुँच राख्न दिन्छ। पिन छनोट गर्दा, सम्झिन सक्ने सङ्ख्या छनोट गर्नुहोस्, तर त्यो अरूले पत्ता नलगाउने किसिमको होस् (उदाहरणका लागि तपाईँको आमाबाबु वा बच्चाको जन्ममिति)।

  • आफ्नो पिन आफ्नो कार्डमा नलेख्नुहोस्।
  • आफ्नो कार्ड प्रयोग नगरोस् भन्ने लागेको व्यक्तिलाई पिन नदिनुहोस्। यदि कसैले तपाईँको पिन जान्दछ र तपाईँको अनुमति बिनै तपाईँका लाभहरू लिनका लागि तपाईँको कार्ड प्रयोग गर्दछ भने, ती लाभहरू प्रतिस्थापित हुँदैनन्।

यदि मैले मेरो पिन बिर्सिएँ वा परिवर्तन गर्न चाहेँ भने?

तपाईँले आफ्नो पिन धेरै तरिकाले परिवर्तन गर्न सक्नुहुन्छ:

  • www.ebtedge.com मा आफ्नो अनलाइन एकाउन्टमा जानुहोस्
  • आफ्नो eWIC कार्ड पछाडि भएको टोलफ्रि नम्बरमा फोन गर्नुहोस्।

मैले गलत पिन एन्टर गरेँ भने के हुन्छ?

आफ्नो पिन अनुमान गर्ने प्रयास नगर्नुहोस्। यदि चौथो प्रयाससम्म पनि सही पिन एन्टर गरिएन भने, तपाईँको पिन लक हुनेछ। तपाईँको पिन अनुमान गरेर तपाईँका खाद्य लाभहरू प्राप्त गर्न खोज्नेहरूबाट सुरक्षा गर्न त्यसो गरिएको हो। आफ्नो कार्ड अनलक गर्नका लागि मध्यरात सम्म कुर्नुहोस्, तपाईँको अकाउन्ट स्वत: अनलक हुनेछ।

USDA गैर-भेदभाव कथन

संघीय नागरिक अधिकार कानून र यूएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (USDA) को नागरिक अधिकार नियम र नीतिहरू अनुसार, USDA, यसका एजेन्सीहरू, कार्यालयहरू, र कर्मचारीहरू, र USDA कार्यक्रमहरूमा भाग लिने वा व्यवस्थापन गर्ने संस्थाहरूलाई जाति, रङ, रङको आधारमा भेदभाव गर्न निषेध गरिएको छ। राष्ट्रिय उत्पत्ति, लिङ्ग, असक्षमता, उमेर, वा USDA द्वारा संचालित वा वित्त पोषित कुनै पनि कार्यक्रम वा गतिविधिमा पूर्व नागरिक अधिकार गतिविधिको प्रतिशोध वा प्रतिशोध।

कार्यक्रम जानकारी (जस्तै, ब्रेल, ठूलो छाप, अडियोटेप, अमेरिकी साङ्केतिक भाषा, आदि) को लागि सञ्चारको वैकल्पिक माध्यम चाहिने अपाङ्गता भएका व्यक्तिहरूले लाभहरूको लागि आवेदन गरेको एजेन्सी (राज्य वा स्थानीय) मा सम्पर्क गर्नुपर्छ। बहिरा, सुन्न नसक्ने वा बोल्न नसक्ने व्यक्तिहरूले संघीय रिले सेवा मार्फत USDA लाई (800) 877 8339 मा सम्पर्क गर्न सक्छन्। थप रूपमा, कार्यक्रम जानकारी अंग्रेजी बाहेक अन्य भाषाहरूमा उपलब्ध गराउन सकिन्छ।

भेदभावको कार्यक्रम उजुरी दर्ता गर्न, USDA कार्यक्रम भेदभाव उजुरी फारम भर्नुहोस्, (AD- 3027) अनलाइनमा पाइन्छ: https://www.usda.gov/oascr/how-to-file-a-program-discrimination-complaint , र कुनै पनि USDA कार्यालयमा, वा USDA लाई सम्बोधन गरिएको पत्र लेख्नुहोस् र फारममा अनुरोध गरिएको सबै जानकारी पत्रमा प्रदान गर्नुहोस्। उजुरी फारमको प्रतिलिपि अनुरोध गर्न, (866) 632-9992 मा कल गर्नुहोस्। USDA मा तपाईंको पूरा फारम वा पत्र पेश गर्नुहोस्:

(1) मेल: नागरिक अधिकार 1400 स्वतन्त्रता एभिन्यू, SW वाशिंगटन, D.C. 20250-9410 को लागि सहायक सचिवको अमेरिकी कृषि विभागको कार्यालय;

(2) फ्याक्स: (202) 690-7442; वा

(3) इमेल: [email protected]

यो संस्था समान अवसर प्रदायक हो।